स्वास्थ्य

२१ घण्टे कोरोना अपडेटः ४२५ जना निको, ३९० थप, थप ५ संक्रमीतको मृत्यु

२२ कार्तिक, काठमाडौं । नेपालमा आज २४ घण्टाभित्र थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार कूल ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा ३९० जनामा कोरोना पोजिटिभ देखिएको हो । जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३७१ र एन्टिजेन विधिबाट १९ संक्रमित पुष्टि भएका थिए ।

उक्त अवधिमा कूल २ हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो । उक्त अवधिमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साथै आज थप ४२५ जना संक्रमित निको भएका छ ।