आर्थिक

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मी बिच सम्झौता

२२ कार्तिक, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Pick Me बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र Pick Me का अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात Pick Me का चालक र Pick Me प्रयोग गर्ने सबै ग्राहकहरुको एक लाखसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात Pick Me का अध्यक्ष प्रसन्न अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट Pick Me का चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा Pick Me ग्राहकले ride sharing, food delivery, logistic support, mart बचत एउटै एप बाट गर्ने व्यवस्था रहेको र सो एप Playstore तथा App Store बाट डाउनलोड गर्न सकिने व्यहोरा जानकारी गराएका थिए ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले Pick Meका चालक र ग्राहकहरुलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा Pick Me का अध्यक्ष लगायत Pick Me टिमलाई धन्यवाद दिदै Pick Me प्रयोग गर्ने चालक र सबै ग्राहकहरुलाई दुर्घटना बीमा गर्न पाएकोमा खुशी व्यक्त गरेका हुन् । उक्त अवसरमा श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गरेका छन् ।