२३ कार्तिक, काठमाडौं । व्यक्तिगत तथा पारिवारिक कारण देखाउँदै शिवम् सिमेन्टका सिईओले राजीनामा दिएका छन् । शिवम सिमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र सिन्हाले पदबाट राजीनामा दिएका हुन् ।
साथै उनको राजीनामा समेत स्वीकृत भईसकेको छ । सोमबार साँझ ५ बजे बसेको कम्पनीको सञ्चालक समितीले उनको राजीनामा स्वीकृत गरेको कम्पनीका प्रशासन प्रमुख राजेद्रकुमार शर्माले जानकारी दिएका छन् ।





