स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ५३३ जना संक्रमीत, ४८४ निको, थप १ संक्रमीतको मृत्यु

२३ कार्तिक, काठमाडौं । नेपालमा आज पछिल्लो २४ घण्टामा थप ५ सय ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल १६ हजार ७३६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १ जनाको मृत्यु हुँदा ४ सय ८४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७ हजार ६१२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ३७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९२६ जना पुगेको छ ।

यस्तै हालसम्म ७ लाख ९६ हजार ३०६ जना निको भएका छन् । यसैगरी हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४५४ पुगेको छ ।