२३ कार्तिक, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको ११.११ योजनामा रु. ३,५०० सम्म छुट पाउने भएका छन ।
पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाइन मार्फत आफुलाई आवश्यक विभिन्न सामानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै ३५ सय सम्मको विशेष छुटको योजना ल्याएको हो ।
जस अन्र्तगत दराजको ११.११ योजनामा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम् ३५ सय सम्मको छुटको सुबिधा उपयोग गनसक्ने बैंकले जानकारी दिएको छ ।
बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत वा अधिकतम ३ हजार सम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत वा अधिकतम ३५ सय सम्म छुटको पाउनेछन् ।
यो योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी ३५ सय सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्ने जनाईएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।





