२३ कात्तिक, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लि. को छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
न्यु अञ्जुली होटल धनकुटामा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी आठ करोडको ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनश शेयर गरी १७.७८ प्रतिशत लाभांश स्वीकृत गर्नुका साथै आर्थिक वर्ष ७७/७८ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आ.व. ७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्ताव समेत पारित गरेको छ।
गुराँस लघुवित्त वित्तीय संस्था आ.व. ७८/७९का लागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ । उक्त साधारण सभाले संस्थापक समूह “क” अन्तर्गत रिक्त रहेका ४ जना संचालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजय कुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । २०७३ कार्तिक २२ गते स्थापित संस्थाको छैठौं स्थापना दिवसका दिन सम्पन्न उक्त साधारण सभामा सहभागी शेयरधनीहरुले संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।





