आर्थिक

कामना सेवा विकास बैंकको १५ औं वार्षिक साधारणसभा

२३ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकको १५ औं वार्षिक साधारणसभा २०७८ साल कार्तिक २३ गते मंगलबारका दिन काठमाडौं बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सफलतापुर्वक सु–सम्पन्न भएको छ । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित कानून अनुसार बोलाइएको वार्षिक साधारण सभा कोभिड–१९ को प्रभाव कायमै रहेको हुंदा नेपाल सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्स तथा भौतिक उपस्थितिको माध्यमबाट सञ्चालन गरिएको थियो । साधारण सभामा बैंकको चुक्ता पूँजीको झण्डै ५४.७४ प्रतिशत भन्दा बढी शेयरधनीको प्रतिनिधित्व हुने गरी २५० जना मात्र शेयरधनीको स्वयम् उपस्थिति रहेको थियो भने १०० जना भन्दा बढी शेयरधनीहरु Zoom Webinar मार्फत जोडिएका थिए ।
साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु.२,६५,१९,६३,७३१.५९ को १८.५० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.९७ प्रतिशत समेत गरी कुूल १९.४७ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । बैंकले आ.व. २०७८/०७९ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक पी।के।एफ टि आर उपाध्याय एण्ड कम्पनी लाई नियुक्ति गरेको छ । उक्त सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७८÷०७९ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

कोभिडको प्रभाव कमहुंदै गई आर्थिक गतिविधिहरु सामान्य अवस्थामा चलायमान हुंदै गएको हुनाले शाखा सञ्जाल, बैंकिङ कारोबारको संख्यामा भएको उल्लेख्य बृद्धि, कर्जा तथा निक्षेपमा भएको वृद्धि आदिको कारण समीक्ष वर्षमा राम्रो प्रतिफल प्रदान गर्न सफल भएको र आगामी दिनमा अझै राम्रो प्रतिफल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दै बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए । संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन कार्यक्रम समेत रहेको यस साधारणसभाबाट संस्थापक समूहबाट सुदिप आचार्य, भिम प्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधरण समूह तर्फबाट देवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र बलराम बराल निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृत यादव प्रसाद ढङ्गानाले गरेका थिए ।

आजै बसेको सञ्चालक समितिको बैठकले सुदिप आचार्यलाई अध्यक्षमा चयन गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा बसेको साधारण सभामा सञ्चालक चतुराखर अधिकारीले शेयरधनी महानुभावहरु लगायत उपस्थित सबैलाई मन्तव्य मार्फत स्वागत गरेका थिए भने सञ्चालक बलराम बरालले धन्यवाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन कम्पनी सचिव हरि प्रसाद लम्सालले गरेका थिए ।