पछिल्लो २४ घन्टामा थप ४४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । परीक्षण गराएका ६ हजार ८१४ नमूनामध्ये पीसीआर विधिबाट ३ सय ८७ र एन्टिजेन विधिबाट ५३ गरी ४४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज थप ४७४ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९६ हजार ७८० पुगेको छ । यस्तै, कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । मंगलबार कोरोनाबाट १ जनाको मात्रै मृत्यु भएको थियो ।
हालसम्म कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ रहेको छ । तीमध्ये १८९ जनाको आइसीयूमा र ५३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घन्टामा १६ हजार ५२९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।





