आर्थिक

दराज ११.११ सुरु, सेलमा ३५ सय सम्मको कार्ड डिस्काउण्ट र ११ हजार सम्मको दराज भाउचर छुट

२५ कार्तिक काठमाडौँ । दराज, नेपालको अग्रणी अनलाइन बजारले आफ्नो सबैभन्दा ठूलो एक दिवसीय सेल ११.११ सुरु भएको घोषणा गरेको छ । यो अभियान आधिकारिक रूपमा कार्तिक २४ (नोभेम्बर १०) मध्यरातमा सुरु भएको छ । यस वर्षको ११.११ विगतका वर्षहरू भन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ ।

एस अभियानको मुख्य हाइलाइटहरु भने ११ लाख सामानहरूमा ५ करोडसम्मको छुट,  ११,००० सम्मको मेगा भाउचर, प्रि पेमेन्टमा १५ प्रतिशत अधिकतम  ३५ सय सम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ टिभिएस रेडर मोटरसाइकल रहेको कम्पनीले जानकारी दिएको छ। थप हाइलाइटहरू समावेश छन् एड टु कार्ट , फलो एण्ड विन , रिभिउ एण्ड विन , नयाँ युइजर भाउचर , रिफर एण्ड विन र दराज जेम्स ।

बैंक छुटको सन्दर्भमा, ११.११ मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्ड मार्फत १५ प्रतिशत अधिकतम ३ हजारर क्रेडिट कार्ड मार्फत १५ प्रतिशत अधिकतम ३५ सय बचत गर्न सक्नेछन् । नबिल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, बैंक अफ काठमाडौँ, मेगा बैंक, एनसीसी बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सांग्रिला बैंकका ग्राहकहरूले माथि उल्लेखित छूटहरू प्राप्त गर्न सक्नेछन् । यी प्रिपेमेन्ट छुटहरू सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछन । तसर्थ, ग्राहकहरूलाई ११.११ सुरु हुने बित्तिकै छूटहरू प्राप्त गर्न अनुरोध गरिन्छ ।

यसरि नै, एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा लिन सक्नेछन । साथै, आईएमईपे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १५ प्रतिशत अधिकतम १ हजार १ सय ११ सम्मको अतिरिक्त छुट पाउन सक्नेछन। दराज प्रयोगकर्ताहरुलाई छुट प्राप्त गर्नको लागी आफ्नो बैंक कार्ड सक्रिय गर्न सल्लाह दिईन्छ ।

यस वर्षको ११ .११ मा नयाँ रियलमि जीटि नियो टु जीको विशेष लन्चको साथै फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहर, र थप अन्य विभिन्न कोटीहरूमा विशेष डिल्स र प्रस्तावहरू रहेको छ । सामसंग, फिलिप्स, रोटो, सिजी डिजीटल, लेनोभो र अन्य गरी २२ प्रचालित ब्रान्डहरूले विशेस छुट दिने जानकारी संगसंगै टिभीएस, कोका कोला र सन्सिल्क ११ .११का विशेष साझेदारहरू रहेको कुरा पनि कम्पनीले जनाएको छ ।