स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ३१७ जनामा संक्रमण पुष्टि, २७९ निको थप ६ को मृत्यु

२५ कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २७९ जना निको भएका छन् ।

यस्तै ६ जनाको मृत्यु समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ६० जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९९५ जना कुल संक्रमित रहेका छन् ।

संक्रमितमध्ये हालसम्म ७ लाख ९७ हजार ५९ जना निको भएका छन् भने कुल ११ हजार ४६६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६५३ जनामा कोरोना परीक्षण भएको थियो ।