स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ३९७ जना संक्रमीत, ३८९ संक्रमणमुक्त, थप ३ को मृत्यु

२६ कार्तिक, काठमाडौं । नेपालमा  पछिल्लो २४ घण्टामा देशभर ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ४१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ९७ हजार ४४८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यससँगै देशभर मृतकको कुल संख्या ११ हजार ४६९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४९८ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।