स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः २९५ जना संक्रमीत, ४७८ निको थप २ को मृत्यु

२७ कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

८ हजार २४३ नमूनामध्ये पीसीआर विधिबाट २ सय ६० र एन्टिजेन विधिबाट ३५ गरी २९५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १६ हजार ६७५ संक्रमित र एन्टीजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ७२ जना कोरोना संक्रमित देखिएका छन ।

अहिले सक्रिय संक्रमितको संख्या ७ हजार २७८ रहेको छ । मन्त्रालयका अनुसार आज थप ४७८ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९७ हजार ९२६ पुगेको छ । यस्तै, कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३४ हजार ७१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गए पनि जोखिम भने टरी नसकेको विज्ञहरुले बताएका छन् ।