आर्थिक

२४ घण्टामा ७ लाख नेपालीलाई सेवा दिँदै- दराज ११.११ को नयाँ रेकर्ड

२७ कार्तिक, काठमाडौँ । २४ घण्टा भित्र ७ लाख अनलाइन खरिदकर्ताहरूलाई सेवा प्रदान गर्दै दराज ११.११ को चौथो संस्करणले पछिल्ला वर्षको सबै रेकर्ड तोड्न सफल भएको छ । ३६ करोड भन्दा बढीको बिक्री साथ यो अहिलेसम्मकै सबैभन्दा ठूलो एक–दिवसीय सेल हुन सफल भएको पनि कम्पनिले जानकारी दिएको छ । अभियान सुरु भएको पहिलो घण्टामै ६ करोडको उत्पादन बिक्री भएको जनाउदै गत वर्षको पहिलो घण्टाको तुलनामा १३० प्रतिशतले बढी रहेको दराजले जनाएको छ । गत वर्षको रेकर्ड तोड्दै यो अभियानमा ५०% भन्दा बढी बिक्री अनलाइन प्रि–पेमेन्ट मार्फत भएको छ ।

११.११ मा बिक्री गर्ने हजारौं व्यवसायहरू मध्ये, ५५% ले महामारीको समयमा दराजमा बिक्रि सुरु गरेका थिए। यो कम्पनीले विगत डेढ वर्षमा साना र मझौला उद्यमहरूको व्यवसायहरू उत्थान गर्न जारी गरेको प्रयासहरूको परिणाम हो। दराज समूहका सीईओ र संस्थापक बियार्के मिक्केलसेनले भने, “हामी आजको नतिजाबाट खुसी छौं। ११.११ को सफलताले दराजको बल र ग्राहकहरूले खरिद गर्ने उत्पादनको गुणस्तरलाई रेखांकित गर्दछ । यति मात्र नभई, यो एक दिनको सेलले कसरी साना र मझौला उद्यमहरूले आफ्नो सम्भावनालाई अनलानबाट वृद्धि गर्न सक्छन भनेर पनि चित्रण गर्दछ ।”

पहिलो ११.११ अर्डर सोही दिनको बिहान ८ बजे डेलिभर गरिएपछि, कम्पनीको ध्यान अब आफ्ना ७ लजिस्टिक पार्टनर र १,००० भन्दा बढी डेलिभरी राइडरहरूसंग मिलेर देश भरका ४७ सहरहरूमा प्रत्येक अर्डर डेलिभर गर्नमा पूर्ण रूपमा केन्द्रित छ ।

सेलको सफलताको बारेमा बोल्दै, दराज नेपालका एमडी लिनो अलरिङ्गले भने, “हामी हाम्रा सबै साझेदारहरूसँग यस्तो कीर्तिमान हासिल गर्न पाउँदा अत्यन्तै खुसी छौं । हाम्रा सबै ग्राहकहरूलाई दराज माथि असीम विश्वास र समर्थनको लागि धन्यवाद दिन चाहन्छु । ११.११ को सफलता पूरा वर्षको कडा परिश्रमको नतिजा हो र यस्तो कीर्तिमानी अभियान आयोजना गर्न पाउनु हामी सबैको लागि गौरवको क्षण हो ।

अब हाम्रो सम्पूर्ण देश भरका हाम्रा ग्राहकहरूले सकेसम्म चाँडो अर्डरहरू प्राप्त गरुन भन्ने सुनिश्चित गर्नमा केन्द्रित छौं । हाम्रो लजिस्टिक पूर्वाधारहरुमा गरिएको महत्वपूर्ण लगानीका कारण हामी हाम्रा प्रतिज्ञाहरू पूरा गर्नेछौं भन्ने कुरामा हामी विश्वस्त छौं । हाम्रो लागि यो अहिलेसम्मको सबैभन्दा ठूलो ११.११ रहनु को साथै अहिलेसम्मकै उत्कृष्ट अनुभव पनि रहेको छ ।“११.११ को भव्य सफलता पछि, आउने दिनहरुमा ग्राहकहरुको लागि ११.११ का लोकप्रिय अफर र बिभिन्न ब्रान्ड हाइलाइटहरू लिएर आउने दराजले घोषणा गरेको छ ।