आर्थिक

जनधन बचत ऋण तथा सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा सम्पन्न

कार्तिक २८, काठमाडौं । जनधन साकोस,कालिमाटीको १३ औं बार्षिक साधारण सभा जिल्ला सहकारी संघ लि।काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सो कार्यक्रममा अतिथिका रुपमा पशुपति बिकास कोषका उप निर्देशक रेवतीरमण अधिकारी,तरकारी फलफूल साकोसका अध्यक्ष उज्वल कार्की,समाजसेवी अमर बहादुर श्रेष्ठ, समुन्नत नेपालका अध्यक्ष बावुराम आचार्य ,नेफ्स्कूनका तालिम अधिकृत सुमन राज घिमिरे,राष्ट्रिय सहकारी बैंक लि.,कालिमाटी शाखा प्रमुख दिव्य के.सी.,कास्कून कलंकी शाखा प्रमुख सबिना न्यौपाने ,मधुबन प्रकाशपुर सरोकार समाजका नि।अध्यक्ष खड्ग बहादुर राउत लगाएतको उपस्थिति थियो ।

सोही अवसरमा नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र राष्ट्रिय सहकारी बैंक लि.,कालिमाटी शाखा प्रमुख दिव्य के.सी.लाई सम्मानित गरिएको थियो ।

त्यसैगरी एकल महिला सम्मान कार्यक्रममा पार्वती लामा,जेष्ठ सदस्य सम्मानमा केदार प्रसाद उप्रेती ,उत्कृष्ट बाल बचत सदस्य सम्मानमा प्रसुना बस्नेत ,उत्कृष्ट बचत सदस्यमा अम्बिका पन्त कोईराला र उत्कृष्ट ऋणी सदस्य सम्मानमा बद्री प्रसाद दाहाललाई सम्मान गरिएको थियो ।