स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ३०६ संक्रमीत, ३४८ निको, थप ६ संक्रमीतले गुमाए ज्यान

२८ कार्तिक, काठमाडौं । नेपालमा आज पछिल्लो २४ घण्टामा थप ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ६ सय ६ नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमीत देखिएका हुन् । मन्त्रालयका अनुसार आज ३ सय ४८ जनाले कोरोना जितेका छन् ।

साथै पछिल्लो २४ घण्टामा थप ६ कोरोना संक्रमीतको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज मृत्यु भएकासंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिले ७ हजार २ सय १५ जना संक्रीय कोरोना संक्रमीत रहेका छन् ।