स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ४१६ जना संक्रमीत, २७० निको, थप २ को मृत्यु

२९ कार्तिक, काठमाडौं । नेपालमा आज पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४ हजार ४ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २७० जना निको भएका छन् । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ४६९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ भने ७ लाख ९८ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३११ जना रहेका छन् । जसमध्ये ६ हजार ७७९ जना होम आइसोलेसनमा रहेका छन् भने ५३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२५ जना आईसीयू र ६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २५ जना कोरोना संक्रमित थपिएका छन् ।