३० कार्तिक, काठमाडौं । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय ले बृद्धि भएर ९४ हजार ८ सय कायम भएको छ । सोमबार सुन प्रतितोला ९४ हजार ३ सय मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार ८०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा १० ले वृद्धी भएर एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २८० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ ।





