आर्थिक

कोका-कोलाले नयाँ र इन्टर्आक्टिभ कोक एण्ड मील्स लेन्सका लागि भाइबरसँग साझेदारी गर्यो

३० कार्तिक काठमाडौँ । कोका–कोला नेपालले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एण्ड मील्सको थिम अन्तर्गत कोका–कोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स “फूड र्याण्डमाइजर”को लन्च गरेको छ । नेपालमा १ करोड भन्दा बढी भाइबर प्रयोगकर्ताहरूले यस रमाइलो फिल्टरको मजा लिन सक्नेछन् जहाँ उनीहरूले आफ्ना साथीहरू, सहकर्मीहरू वा परिवारलाई आफ्नो लागि कोक र खानाको लोकप्रिय संयोजनका लागि माग गर्न सक्नेछन् । फिल्टरमा कोक र मोमोस, कोक र पिज्जा, कोक र चाउमिन जस्ता लोकप्रिय कोक र मील्सका कम्बोहरू र्याण्डम्ली जेनेरेट हुन्छ ।

जेनेरेट भएको एउटा कोक एण्ड मील्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ गर्न सक्नेछन् र कम्बो किनि दिन अनुरोध गरी आफ्ना साथीहरू, कामका सहकर्मीहरू वा परिवारलाई सजिलै पठाउन सक्नेछन् । थप रूपमा, प्रयोगकर्ताहरूले आफ्नो अनुहार पनि फिल्टरमा राख्न सक्नेछन् ।

एआर लेन्सलाई आज आयोजित “राकुटेन भाइबर एक्स कोका–कोलाः स्ट्राटेजिक पार्टनरसीप” पत्रकार सम्मेलनको क्रममा भर्चुअल रूपमा लन्च गरिएको थियो जहाँ भाइबर र कोका–कोलाका स्टेकहोल्डर्सहरूका साथमा अरु मिडियाहरूको पनि उपस्थिति रहेको थियो । राकुटेन भाइबर र कोका–कोलाबीचको यो सहकार्यले भाइबरका नेपाली प्रयोगकर्ताहरूलाई रोमाञ्चक सुविधाहरू उपलब्ध गराउने लक्ष्य राखेको छ ।

भाइबरका सिनियर निर्देशक डेभिड त्से ले भने, “हामी कोका–कोलासँग साझेदारी गरी यो रमाइलो, प्रविधि–संचालित परिवार र साथीहरुलाई विभिन्न खानाको संयोजन पस्किन पाउँदा अत्यन्तै उत्साहित छौँ। कोक एण्ड मील्स भाइबर लेन्स प्रियजनहरूसँग जोडिनुलाई अझ आकर्षक र अद्वितीय बनाउनका लागि रहेको हाम्रा धेरै पहलहरू मध्येको एक हो। यसले हाम्रो नेपाली बजारमा खुसी र आनन्दका क्षणहरू ल्याउँनेछ भनेर म विश्वस्त रहेको छु ।

कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने,“कोका–कोलाले सबै परिवारजनलाई साथमा ल्याएर खानाको पललाई विशेष बनाउँछ । यो नयाँ कोक एण्ड मील्स भाइबर लेन्स विशेष गरी नेपालका युवाहरु माझ रमाइलो कुराकानी गराउने र कोक र खानाका साथ विशेष पलहरु मनाउने हाम्रो प्रयास हो। हामी आशा गर्दछौं कि उपभोक्ताहरू भाइबर लेन्स प्रयोग गर्न उत्साहित हुनेछन् र उनीहरुले साथीहरू र परिवारसँग यसलाई सेयर गरी रमाइलो गर्नेछन् ।”