आर्थिक

नबिल बैंकद्धारा सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

३० कार्तिक, काठमाडौं । नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरको छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउञपालिकासगं दिगँ बैंकिङ अन्र्तगत उधमशीलता विकास र वित्तीय पहुञचको लागि समझदारी समेत गरेका छन् ।

दार्मा गाउञपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगँ बैंकिह्का प्रबन्धक लिला प्रसाद ओझा र गाउञपालिकाको तर्फबाट अध्यक्ष निम बहादुर के.सीले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी मार्फत गाञउपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम\तालिम लिएर उद्यम गर्न चाहने उधमीहरुलाई गाञउपालिकाको सिफारीसमा उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र तेस्ता कार्यक्रम÷तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश संघीय संसद टेक बहादुर बस्नेतको उपस्थिती थियो । उक्त कार्यक्रममा बोल्दै माननीय बस्नेतले बैंक तथा वित्तीय सस्थाले उपलब्ध गराउने सेवा सुविधाको सहि रुपमा सदुपयोग गर्ने हो भने त्यसले सामाजिक रुपान्तरणमा ठुलो फड्को मार्ने बताएका छन् । कार्यक्रममा बोल्दै नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले दार्मा गाउञपालिकामा स्वररोजगारी र उद्यमशीलता विकास गर्ने बताएका छन् ।

त्यस्तै दार्मा गाउञपालिकाका अध्यक्ष निम बहादुर के.सी.ले नबिल बैंकको दिगो बैंकिह्ले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारत लगायत खाडी मुलुक पलायनको क्रमलाई न्यूनिकरण गर्न सहयोग पुर्याउने अपेक्षा गर्दैे वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्याई गाउञपालिकाको विकासमा सहयो गर्न सबैलाई आग्रह गरेका छन् । कार्यक्रममा गाउञपालिका उपाध्यक्ष टिका शर्मा वली, निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्का, स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाञउपालिकाबासीहरुको उल्लेख्य उपस्थिती थियो ।

नबिल बैंकले गत असार १५ गते धान दिवशकँ दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्र्तगत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम १७ वटा दुर्गम शाखाहरुबाट शुरुवात गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।