स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ४१२ जना संक्रमीत, २०२ निको \ थप १ को मृत्यु

१ मंसिर, काठमाडौं । नेपालमा आज २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४१२ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ११ हजार ९९३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

१० हजार १०६ जनाको पिसिआर परीक्षण र १८८७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा हाल ७ हजार ६३६ जना सक्रिय संक्रमित छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ ।

त्यस्तै आज २ सय २ कोरोनाबाट निको भएका छन् । त्यस्तै, काठमाडौं उपत्यकामा १४९ थपिएका छन् । जसमध्ये काठमाडौंमा १०२, ललितपुरमा ३२ र भक्तपुरमा १५ संक्रमित छन्।