समाचार

सानेपामा देउवाको गृहजिल्लाका सभापतिको रिले अनशन सुरु

१ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गृहजिल्लाका सभापतिले सानेपामा आजदेखी अनशन सुरु गरेका छन् । डडेल्धुरा कांग्रेसको वडा अधिवेशन फेरि गर्नुपर्ने माग राख्दै कार्यकर्ताहरूले आजदेखि काठमाडौंमा अनशन सुरु गरेका हुन् ।

यसअघि सभापति मल्लले कात्तिक २७ गते सानेपामा पत्रकार सम्मेलन गरेर अनसन र धर्नाको घोषणा गरेका थिए । कांग्रेस डडेल्धुराले आफ्नो असहमति हुँदा हुँदै संस्थापन पक्षले एकलौटी वडा र पालिका अधिवेशन गरेको आरोप लगाउँदै आएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लास्थित सभापति कर्ण मल्लसहितका नेता कार्यकर्ताले आजदेखि सानेपामा अनशन सुरु गरेको जानकारी दिईएको छ ।

वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको डडेल्धुरामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दोहोर्याएर अधिवेशन गर्नुपर्ने माग राखेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा डडेल्धुरा कांग्रेसका नेता–कार्यकर्ताहरु आज दिउँसो ३ बजेदेखि अनशनमा बसेका हुन् ।