२ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपालबार एशोसिएसनको अगुवाईमा आन्दोलित कानुन व्यवसायी थप आक्रोसित भएका छन् ।
सर्बाेच्चमा धर्ना दिएका कानुन व्यवसायीमाथी आज प्रहरीले बल प्रयोग गर्दा बारका अध्यक्ष सहित दर्जनौं घाईते भएपछि उनिहरु थप आक्रोसित भएका हुन् । कानुन व्यवसायीले धर्नामा प्रहरीले दमन गरेको विषयलाई अन्तराष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् ।
अधिवक्ता ओमप्रकाश अर्यालले प्रहरी दमन मानव अधिकारविरुद्धको विषय रहेको भन्दै अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिएका हुन् ।
कानुन व्यवसायीलाई घेराबन्दीमा पारेर आक्रमण गरिएको उल्लेख गर्दै उनले माओवादी द्वन्दकालमा देखिने गरेको एसएलआर अहिले पनि देखिएको भन्दै टिप्पणी गरेका छन् ।





