स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः २९९ जना संक्रमीत, २६० जना निको थप ६ संक्रमीतको मृत्यु

२ मंसिर, काठमाडौं । नेपालमा आज पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १ सय ५१ जनामा गरिएको नमूना परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २६० जना निको भएर घर फर्किएका छन् । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ। मन्त्रालयका अनुसार अहिले देशभर ७६४२ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टममा काठमाडौं उपत्यकामा १ सय २० जना संक्रमीत थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९०, ललितपुरमा २५ र भक्तपुरमा ५ संक्रमित छन् ।

यस्तै काठमाडौं उपत्यकामा १६२८ सक्रिय संक्रमित छन् । जसमध्ये काठमडौंमा ५८५, ललितपुरमा ५६८ र भक्तपुरमा ४७५ सक्रिय संक्रमित छन् ।