अन्तर्राष्ट्रिय

सीमा विवादमा आज भारत र चीनबीच भेटवार्ता हुँदै

२ मंसिर, एजेन्सी । भारत र चीन बीच बिहीबार सीमा विवादमा वार्ता हुँदैछ। गत वर्ष गलवान झडप पछि धेरै चरणको सैन्य र कूटनीतिक वार्ता गतिरोधमा समाप्त भएको थियो। दुई देश बीच कतिपय सीमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा गतिरोध छ ।

देपसाङ र हट स्प्रिङसमा विवाद कायमै छ । कडोर जाडोको समयमा पनि पूर्वी लद्दाखको प्रत्येक छेउमा सेनाको विशाल निर्माण कार्य जारी रहनाले तत्काल द्वन्द्व समाधान हन नसक्नेतिर सङ्केत गरेको छ । भारत–चीन सीमा मामिलासम्बन्धी परामर्श र समन्वयका लागि कार्य संयन्त्र अन्तर्गत आज २३औँ चरणको भारत–चीन सीमा वार्ता हुँदैछ । भारत र चीनबीचको अन्तिम सम्पर्क यस वर्ष अक्टोबरमा कोर्प्स कमाण्डर स्तरमा भएको सैन्य वार्ता थियो।

यो १३ औं चरणको वार्ता थियो । बैठकपछि भारतले ‘बैठकका क्रममा भारतीय पक्षले बाँकी क्षेत्र समाधानका लागि रचनात्मक सुझाव दिएको तर चिनियाँ पक्षले सहमति नजनाएको र कुनै अग्रगामी प्रस्ताव पनि दिन नसकेकि टिप्पणी गरेको छ ।

भारतले द्विपक्षीय सम्बन्धमा कुनै पनि प्रगति गर्न पूर्ण विच्छेदन आवश्यक रहेको पनि बताएको छ । चीनले यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयास र द्विपक्षीय सम्झौताको उल्लङ्घनका कारणको स्थिति उत्पन्न भएको भारतको दाबी छ।