स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः २९६ जना संक्रमीत, ३६९ जना निको थप ५ को मृत्यु

३ मंसिर, काठमाडौं । नेपालमा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २९६ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ८ हजार ९७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

७ हजार ७७७ जनाको पिसिआर परीक्षण र ११९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा हाल ७ हजार ५३९ जना सक्रिय संक्रमित छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ ।

३६९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ । त्यस्तै, आज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२० थपिएका छन् । जसमध्ये काठमाडौंमा ९१, ललितपुरमा १९ र भक्तपुरमा १० संक्रमित छन् ।