३ मंसिर, काठमाडौँ । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ ।
उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्मुत प्राधिकरण,रत्नपार्कको प्राङ्गणमा भएको हो । सोही कार्यक्रममा नेपाल विद्मुत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक अर्थ डिल्लि रमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माछापुच्छ्रे बहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापाले संयुक्त रुपमा औपचारिका उद्घाटन गरेका छन् ।





