स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ३८५ संक्रमीत, २५८ जना निको थप ४ संक्रमीतले गुमाए ज्यान

६ मंसिर,काठमाडौं । नेपालमा आज पछिल्लो २४ घण्टामा थप ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ५७ नमुना परिक्षण गर्दा ३ सय ५८ संक्रमीत भेटिएका हुन् । साथै आज पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ४ जनाले ज्यान गुमाएका छन् ।

यो संगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय पुगेको छ । मन्त्रालयका अनुसार आज २ सय ५८ जनाले कोरोना जितेका छन् । साथै कोरोना निको हुनेको दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।