७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् । उनले सुर्खेतको क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि खुल्ला पुरुषतर्फ उम्मेदवारी दिएका हुन् ।
उनले पार्टीको केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि कार्यकर्ताबाट अनुमोदित हुनका लागि उम्मेदवारी दिएको बताएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ बाट २५ जना महाधिवेशन प्रतिनिधिमा पठाउनुपर्नेमा महामन्त्री खड्कासहित ३६ जनाको उम्मेदवारी परेको छ । उनी लामो समयदेखि प्रतिनिधिसभामा यही क्षेत्रबाट चुनाव लड्दै आएका छन् ।





