समाचार

सचिवमा उम्मेदवारी घोषणा गर्दै वस्नेतले रावललाई भनेः अध्यक्षको उम्मेदवारी फिर्ता लिनु

७ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको दसौं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका बस्नेतले पार्टीको सचिवमा उम्मेदवारी घोषणा गर्दै राम्रो मत ल्याएर जित्ने दाबी गरेका छन् । आज दिउँसो पत्रकार सम्मेलनमाफर्त वस्नेतले उम्मेदवारी घोषणा गरेका हुन् ।

साथै नेता वस्नेत अध्यक्षमा भिम रावलको उम्मेदवारीलाई लिएर असन्तुष्ट भएका छन् । रावलको अध्यक्षमा उम्मेदवारीले गलत शन्देश गएको भन्दै उम्मेदवारी फिर्ता लिन रावललाई बस्नेतले आग्रह गरेका छन् ।

उम्मेदवारी फिर्ता लिएर विगतमा खेलेको भुमिकालाई निरन्तरता दिन वस्नेतको सुझाव रहेको छ । उनले भनेका छन्ः किनभने जित्ने उहाँको कुनै पनि सम्भावना देखिँदैन, अब चुनावमा यो दुवै प्रक्रियामा जाँदाखेरी मलाई लाग्छ-उहाँले अध्यक्षमा दाबी गरेर एउटा राम्रो सन्देश गएन कि भन्ने मलाई लाग्छ ।