स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ३५१ जना संक्रमीत, २७३ जना निको, थप ९ को मृत्यु

७ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै आज कोरोना संक्रमणमुक्त भएर २७३ जना घर फर्किएका छन् । योसँग नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ८९० पुगेको छ । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँग कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५०९ पुगेको छ । देशभर आज ७ हजार ३०० सक्रिय संक्रमित छन् ।