८ मंसिर, काठमाडौं । ‘Access to All’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाकालको १४ औं बसन्त पार गर्दै १५औं बसन्तमा प्रवेश गरेको छ । उक्त अबरसमा निरन्तर साथ दिने सेवाग्राही, शेयरधनी, नियमनकारी निकाय, कर्मचारी तथा शुभ चिन्तकहरु प्रति कृतज्ञता प्रकट गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग कारोबार गर्दै रु. ६७.१६ अर्ब निक्षेप संकलन र रु. ६१.२१ अर्ब कर्जा लगानी गरेको छ । करिब ६ लाख निक्षेप एवं कर्जा खाताहरु मार्फत ग्राहक माझ संचालनमा रहेको यस विकास बैंकले निरन्तर आफ्नो वासलात एवं अन्य प्रमुख वित्तिय सुचकहरुमा सन्तोषजनक प्रगति गर्दै आईरहेको छ ।

आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको बैंकले यस वर्ष पनि विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले रक्तदान कार्यक्रमलाई महत्वका साथ निरन्तरता दिदै आएको छ ।
यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम राखिएको थियो । काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा यस बैंकले ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सहकार्य गरेको हो । उक्त कार्यक्रमबाट १,१५५ प्वाइन्ट रगत संकलन भएको छ ।
यस्तै निरन्तर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले १५औं बार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ । पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ कारोबार शुभारम्भ गरिएको हो । यस सँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ ।





