८ मंसिर, काठमाडौं । मनकामना केवुलकार २३ औं वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ । चितवन को-ई समूह अन्तर्गत मनकामना दर्शन प्रा.लि.द्वारा संचालित नेपालकै पहिलो र सफल मनकामना केवलकार आजदेखी २४ औं वर्षमा प्रवेश गरेको हो ।
२०५५ मंसीर ८ गतेबाट नियमित संचालनमा आएको केवुलकारले संचालन देखि हालसम्म करीव १ करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय सेवा प्रदान गरिसकेको जनाएको छ ।
संचालन पश्चात् मनकामना क्षेत्र र सो आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तब्य हुन गएको र सेवा पश्चात् सो क्षेत्रमा उल्लेखनीय सबै क्षेत्रमा विकास भई विश्व सामु समेत मनकामनाको ख्याति प्रचार प्रसार भएको बताएको छ । विश्व प्रख्यात Austria को Doppelmayr कम्पनीको प्रविधिबाट संचालित केवुलकारबाट विश्वस्तरीय सेवा प्रदान गरिदै आएको जनाएको छ ।
संचालन २४ वर्षमा प्रवेश गरिएका साथै प्रविधि पुरानो हुँदै गएको र धेरै नवीनतम् प्रविधिको विकास भईरहेको र मर्मत सम्भार खर्च समेत अत्यधिक भइरहेको र स्पेयर पार्टस् पाउन समेत केही वर्षभित्र कठिनाई आउन सक्ने परिप्रेक्ष्यमा आर्थिक वर्ष २०७८.७९ बाट केवुलकारको प्रविधिको स्तरोन्नति समेत गरिने जानकारी दिएको छ ।
फाल्गुणदेखि मनकामनामा भातृ संस्था Resorts By Manakamana Cable Car (P) Ltd द्वारा केवुलकार टप स्टेशन संगै करीव ९ रोपनी क्षेत्रफलमा ४० कोठा युक्त सुविधा सम्पन्न रिसोर्टको निर्माण समेत गर्न लागिएको समेत मनकामना केवुलकार प्रालिले बताईएको छ ।





