समाचार

प्रधान सेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटघाट

८ मंसिर। काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्डबीच बीच भेटघाट भएको छ । आज जङ्गी अड्डामा आज उनिहरुबीच शिष्टाचार भेटवार्ता भएको हो ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।