८ मंसिर, नवलपरासी । नेपाली कांग्रेसको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर क्षेत्र नं २ को सभापतिमा दुवै प्रतिस्पर्धीको मत बराबर आएको छ । मङ्गलबार भएको मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले समान ३९४ मत प्राप्त गरेको बताइएको छ । उनिहरुले प्राप्त गरेको मत परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन ।
त्यस्तै, नवलपुर क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ १०, महिलातर्फ चार, खस आर्य पुरुषतर्फ दुई, खस आर्य महिलातर्फ एक, आदिवासी जनजाति पुरुषतर्फ तीन, आदिवासी महिलातर्फ दुई, अल्पसङ्ख्यक मधेसी, थारू र दलिततर्फ एक÷एकजना गरी २५ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । बुधबार बिहान आएको मत परिणामअनुसार महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ ओमबहादुर घर्ती ९४५१०, गणेशमान श्रेष्ठ ९३८४०, चन्द्रबहादुर राना ९५२७०, चेतप्रसाद पौडेल चेतन ९४१६०, विष्णुकुमार कार्की ९५१४०, विष्णुप्रसाद ढकाल ९३९३०, विष्णुप्रसाद लामिछाने ९५०३०, शङ्कर तिवारी ९३७२०, सुरज गुरुङ ९३९२० र सोनी जिसी ९३८९० विजयी हुनुभएको छ । त्यसैगरी, महिलाबाट महाधिवेशन प्रतिनिधिमा ओमकुमारी महतो ९३६३०, दुर्गालक्ष्मी पाठक काफ्ले ९३७२०, विमला सापकोटा ९३७८० र सुमित्रा खनाल ९३७७० निर्वाचित हुनुभएको छ । त्यस्तै, खस आर्य पुरुषतर्फबाट जीवलाल पाठक ९४३७०, रामजीप्रसाद पौडेल ९३८२० र खस आर्य महिलातर्फबाट ९३६६० विजयी भएका छन् ।
यसैगरी, महाधिवेशन प्रतिनिधिमै आदिवासी जनजाति पुरुषबाट टेकप्रसाद श्रेष्ठ ९४३९०, पूर्णसिंह राना ९४१५०, श्यामप्रसाद श्रेष्ठ ९४३४० तथा जनजाति महिलाबाट पुनम नगरकोटी ९४२४० र मायादेवी श्रेष्ठ ९४१८० विजयी भएका छन् । महाधिवेशन प्रतिनिधिमै अल्पसङ्ख्यक मधेसीबाट नन्दकिशोर गुप्ता रौनियार ९४४२०, थारूबाट टीकाकुमारी महता ९४२२० र दलितबाट झमाया विक ९४६२० विजयी भएका छन् । त्यसैगरी, क्षेत्र नं १ मा मतगणना जारी छ । निर्वाचन अधिकृत चुडामणि शर्माका अनुसार क्षेत्र नं १ मा एक हजार १५१ मत खसेको छ ।