१२ जेठ, काठमाडौँ । महिन्द्रराय यादव नेतृत्वबाट अलग भएर पार्टी केन्द्रीय समिति पुनर्गठन गरी संयोजक बनेका गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा माओवादी केन्द्रमा समाहित हुने भएको छ। आज ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा एक कार्यक्रमका गरी पार्टी एकता हुने भएको हो।
आइतबार ललितपुरस्थित एकान्तकुनामा बसेको नेसपा केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी केन्द्रीय समिति पुनर्गठन गरी श्रेष्ठलाई संयोजक बनाएको थियो। सिंगो नेसपमा रहेका २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना आफूसँग भएको श्रेष्ठ पक्षको दाबी छ, त्यस्तै, १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको बताएको हो।
पार्टी एकता घोषणा कार्यक्रम बिहान ११ः३० बजे सुरु हुने बताइएको छ। माओवादी केन्द्रमा जाने १७ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूको नाम समेत सार्वजनिक भएको छ।
नेसपाका अध्यक्ष यादव भने यथास्थितिमा एकताका लागि तयार नरहेपछि सहअध्यक्ष श्रेष्ठ पार्टी फुटाएर भए पनि एकता गर्न तयार भएका हुन्।
श्रेष्ठको पक्षमा रहेका १७ कार्यकारिणी सदस्यहरू
१. गंगानारायण श्रेष्ठ, सिन्धुली
२. अक्कल बहादुर थिङ, काभ्रे
३. वन्दना सुवेदी, सिन्धुली
४. सुरद बहादुर स्याङ्तान, सिन्धुली
५. राजेन्द्र कुमार किराँती, सङ्खुवासभा
६. खुम्बुराज खत्री, उदयपुर
७) दुर्गादेवी भट्टराई,गोरखा
८. ज्ञानेन्द्र कुमाल, गोरखा
९. रमेश पोखरेल, गोरखा
१०. शिव सुन्दर शाही, अछाम
११. रामकैलाश यादव, सर्लाही
१२. होम कुमारी तामाङ (दोङ), काभ्रे
१३. सोविन थिङ, मकवानपुर
१४. नहेन्द्र प्रधान, काठमाडौँ
१५. नरेन्द्रनाथ योगी, जुम्ला
१६. वेदप्रसाद आचार्य, बाँके
१७. महेन्द्र बहादुर शाही, बाजुरा





