स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः ३३२ संक्रमीत,२३२ निको थप ४ को मृत्यु

८ मंसिर, काठमाडौं । नेपालमा आज पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ९० को पिसिआर परिक्षणमा ३ सय ५ र २ हजार ३ सय ३० को एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा २७ जना गरि ३ सय ३२ संक्रमीत पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ३२ संक्रमीत निको भई घर फर्कीएका छन् । यो संगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८ लाख १ हजार १ सय २२ रहेको छ ।

त्यस्तै आज थप ४ कोरोना संक्रमीतले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यो संक्र नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय १३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ७ हजार ३ सय ६९ जना सक्रीय संक्रमीत रहेका छन् ।