आर्थिक

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटि दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था

९ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले नारायणहिटि दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई हस्तान्तरण गरेको छ ।

नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिको आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति,पर्यटन तथा नागारिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोईला र माछापुच्छ्रे बैंकका अध्यक्ष डा.वीरेन्द्र प्रसाद महतो ले उक्त मोबाईल लकरको संयुक्त रुपमा रविन कटि उद्घाटन गरेका छन् ।

आगुन्तकहरुले अब दरबार संग्रहालय घुम्न आउदाँ आफ्नो मोबाईल फोन लकरमा सुरक्षित राखी निस्फित्री भएर भ्रमण गर्न सकिनेछ ।

माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ बटा शाखाहरु र १५४ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२२ स्थानवाट १० लाख भन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।