समाचार

एमाले महाधिवेशनः उद्घाटन समारोहलाई ६ नेताले सम्बोधन गर्ने

१० मंसिर, काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखी सुरु हुँदै छ । महाधिवेशनको उद्घाटनमा ६ नेताले सम्बोधन गर्ने भएका छन् । नाराणी नदी किनारामा मध्यान्ह १२ः३० मा हुने उद्घाटन समारोहमा ६ नेताले सम्बोधन गर्ने टुंगो लागेको जनाईएको छ ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् भने एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले मात्र सम्बोधन गर्ने टुंगो लागेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार उद्घाटन समारोहलाई राप्रपाका अध्यक्ष कमल थापा, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणी पोख्रेल लगाएतले सम्बोधन गर्ने टुंगो लागको छ ।