समाचार

एमाले महाधिवेशनः ७ ठाउँबाट बाट बिसाल जुलुस (हेर्नुहोस् तस्वीरमा)

१० मंसिर, काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुनेहरुको जुलुस विभिन्न स्थानबाट निस्किएको छ ।

बाजागाजा, झण्डा, ब्यानरसहितको जुलुस उदघाटन समारोहमा परिणत हुने क्रम जारी छ । पूर्वी नेपालबाट आएकाहरुको जुलुस भरतपुर बस टर्मिनल (पारस बसपार्क)बाट र पश्चिम नेपालबाट आएकाहरुको जुलुस गैंडाकोटतर्फबाट निस्किएको छ ।

आँपटारी, हाकिमचोक, वीरेन्द्र क्याम्पस, शहीदचोक, गैंडाकोट, केन्द्रीय बसपार्क, विशालचोक लगायत स्थानबाट जुलुस निस्किएका छन् । ठूला जुलुस भने भरतपुर बसपार्क, आँपटारी र गैंडाकोटबाट निकालिएको छ । ती जुलुसहरु महाधिवेशन उदघाटनस्थल नारायणी नदी किनारमा जम्मा हुने क्रम जारी छ । जुलुसहरुको नेतृत्व विभिन्न जिल्ला कमिटी र जनवर्गीय संगठनका नेताहरुले गरेका छन् ।

जुलुसका कारण नारायणगढ क्षेत्रमा सवारी आवागमन ठप्प छ ।