काठमाडौँ १० मङ्सिर । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ को सेवाग्राही केन्द्रीत योजना आजबाट सार्वजनिक गरिएको छ । सोही योजना अन्तर्गत आइएमई पे सेवाग्राहीहरूको लागि नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत ( रु ३०० सम्मको) क्यासब्याकको अफर रहेको छ ।
उक्त योजना सार्वजनिक गरिएको अवसरमा आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पुर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुनेर सेवाग्राहीहरूले क्यासव्याक मार्फत भरपुर फाइदा उठाउन सक्ने खुसीयाली ब्यक्त गरेका छन् ।
उक्त अफरमा आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउँनेछन् । यो एक पटकको वैध योजना हो, जसको अर्थ प्रति प्रयोग १ क्यासव्याक हुनेछ । प्रयोगकर्ताले ३०० रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्नेछन् ।





