१० मंसिर, काठमाडौं । सिभिल बैंकले संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेको प्रमुख अतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा बिभिन्न सेवाहरुको थालनीको साथ साथै विविध कार्यक्रमहरुको आयोजना गरी एघारौं वार्षिकोत्सवको गरी मनाएको छ ।

बैंकले प्रधान कार्यालय लगायत देशै भरिका शाखाहरुमा समेत बिभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । बैंकको प्रधान कार्यालयमा प्रायोरीटि बैंकिग सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेले तथा कल सेन्टर सेवा र मिस्ड कल बैंकिंग “एक घण्टी झ्याप्प पेमेन्ट” सेवाको शुभारम्भ बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।

बैंकले देशभर छरिएका बैंकका मुख्य शाखा सहित ३८ स्थानमा ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना समेतगरेका थियो । रक्तदान कार्यक्रम अन्र्तगत प्रदेश नम्बरको बिराटनगर, पुष्पलालचोक, दुहबी, ईटहरी, बिराटचोक, बिर्तामोड, अर्जुनधारा, फिदिम, धरान तेसैगरी प्रदेश नम्बर २ को विरगंज र जनकपुर यस्तै बागमती प्रदेशको मुख्य शाखा, न्युरोड, बाङ्गेमुढा, त्रिपुरेश्वर, बनेपा, धुलिखेल, पाटन सुन्धारा, दौबहाल, जावलाखेल, कुमारीपाटी, नयाँ बानेश्वर, मध्य बानेश्वर, कमलादी, अनामनगर, पुतलीसडक, बौद्ध, चाबहिल, कपन, अत्तरखेल, कुलेश्वर, भिमसेनस्थान, टाँडी, खुरखुरे, नारायणगढ, पार्वतीपूर, गोंगबु, किर्तिपुर, स्वयम्भू, सुर्यविनायक, टोखा, नखिपोट, गोठाटार, हेटौडा, सिन्धुर्लीमा सम्पन्न गरेको थियो । साथै गण्डकी प्रदेशको शिवचोक, पोखरा, कावासोती, लेखनाथ, दमौली र लुम्बीनी प्रदेशको भैरहवा, बुटवल, मणीग्राम, घोराही, नेपालगंज, लमही साथै सुदूरपश्चिम प्रदेशको धनगर्ढी, लम्कीचुहा, महेन्द्रनगर लगाएतका स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।

साथै बैंकले आफ्नो वार्षिकोत्सवको अबसरमा जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रम पनि गर्ने भएको छ । देशभर छरिएका बैंकका ५६ स्थानका ५६ वटै शाखाहरुमा विपन्न तथा जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रमको आयोजना हुन गईरहेको जसमा बैंकले सरकारी विद्यालयमा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत गरीव तथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप पाँच हजार प्रदान गरिने कार्यक्रम रहेको ।
जसमा प्रदेश नम्बर १ को दमक, उर्लाबारी, गाईघाट, ओखलढुङ्गा, याङवरक, माईजोगमाई, सुनवर्सी, हिलिहाङ, सुरुङ्गा, दुधे, रबी, भद्रपुर तेस्तै प्रदेश नं. २ को पकाहमैनपुर, धनकौल, ढल्केबर, गोलबजार, लहान, गरुडा, धनगढीमाई, गन्जभवानिपुर, चन्द्रनीगाहपुर, निजगढ, जितपुर सिमरा, कलैया, मलङ्गहवा र बागमती प्रदेशको बाहृबीसे, मेलम्ची, धादिङ्गबेशी, साँखुमा उक्त कार्यक्रम गरिने भएको छ । यस्तै गण्डकी प्रदेशको– आरुघाट, मालिङ्ग क्व्होलासोंथर, गौंडा, भुलभुले, राइनास, बेशीशहर, धार्चे, लामाचौर र लुम्बीनी प्रदेशको विजुवार, तुलसीपु्र, माण्डवी, लालमटिया, ठाकुरद्वारा, शितलाबजार, कोहलपुर, सुनवल, जितपुर कपिलवस्तु साथै कर्णाली प्रदेशको रुकुम, सल्यान, भैरवी, शिवालय, बिरेन्द्रनगर, छिन्चु मा कार्यक्रम हुने भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशको जानकी, आदर्श, बान्नीगढी जयगढ, भजनीमा छात्रवृति कार्यक्रम गर्ने भएको छ ।

साथै बैंकले विविध सेवाहरुको थालनी पनि गरेको छ । बैंकले विशेष व्यक्तिगत निक्षेपकर्ताहरुका लागी झन्झटरहित तथा समर्पित बैंकिंग सेवाको लागी प्रायोरीटि बैंकिग सेवाको थालनी गरेको छ सो सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डले गरेका छन् । बैकका ग्राहकहरुको समस्या तथा गुनासोको हल गर्न चौविसै घण्टा संचालन हुने कल सेन्टर सेवाकोे उद्घाटन बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् । केवल एक मिस कलबाट नै विजुलीको महशुल भुक्तानी हुने सेवाको उद्घाटन बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् । १०० देखि ५०० डलरसम्म लिन सकिने भर्चुयल डलर कार्डको उपयोग अन्तराष्ट्रिय सेवा तथा वस्तुहरु अनलाईन मार्फत खरिद गर्न सकिने यस कार्ड सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डले गरेका छन् ।
यस्तै निक्षेपकर्ताहरुको जिज्ञासाको तुरुन्तै समाधान गर्न तथा विविध बैंकिंग सेवाको विना झन्झट बचत Artificial Intelligence को माध्यमबाट सम्पादन गर्ने च्याटबट सिभिल भर्चुयल एसिस्टेन्ट “सिभा”को उद्घाटन बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् । त्यसैगरी बैंकमा ५ वर्ष\१० वर्षदेखि अतुत सेवा प्रदान गरेका बैंक कर्मचारीहरुलाई पनि बैंकले अभिनन्दन गरेको छ । सिभिल बैंकले एघारौं वर्ष पार गर्दा सम्म करिव रु. ९२ अर्व निक्षेप संकलन गरि करिव ८८ अर्व ऋण लगानी गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा रु. २९.१८ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १० वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा संचालन गर्दै आएको छ ।





