१२ मंसिर, काठमाडौं । नेपालमा आज पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ६६०४ पीसीआर परीक्षणमा २३१४ एन्टिजेन परीक्षणमा गरी कुल ८९१८ जनाको परीक्षणमा १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३४२ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख २ हजार ३८९ संक्रमण मुक्त भइसेकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । हाल देशभर ११ हजार ५२३ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ रहेको छ ।





