अन्तर्राष्ट्रिय

डब्लुचओको चेतावनीः नयाँ कोरोना भेरियन्ट ओमिक्रोन विश्वभर फैलने सम्भावना उच्च

१३ मंसिर, काठमाडौं । कोरोनाको दोस्रो लहरबाट आक्रान्त भएको विश्वले केही शान्तिको सास फेर्न नपाउँदै फेरी कोरोनाको नयाँ भेरिएन्ट भेटिएको छ । विश्वका भिनिन्न देशका नागरिकको यस्को संक्रमण देखिन थालेपछि पुरै विश्व फेरी चिन्तीत हुन थालेको छ ।

यस्तै विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वभर फैलनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओले ओमिक्रोन भेरियन्ट विश्वभर फैलिन सम्भावना उच्च रहेको र यसका लागि तयारी अवस्थामा रहन आफ्ना १९४ सदस्य राष्ट्रहरूलाई आव्हान गरेको हो । आज नयाँ भेरियन्टबारे प्राविधिक ब्रिफिङ गर्दै डब्ल्यूएचओले यस्तो आह्वान गरेको हो । शुरुमा दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन हालसम्म ११ मुलुकमा फैलिइसकेको डब्लुएचओले जानकारी दिएको छ ।

यस्तै, ओमिक्रोनसहित सबै कोरोना भेरियन्टमाथि निगरानी बढाउन र चाँडोभन्दा चाँडो खोप लगाउने कार्यलाई तीब्रता दिन समेत डब्ल्यूएचओले अपिल गरेको छ । खोप अभियानमा विशेषगरी जोखिममा रहेका समूहलाई उच्च प्राथमिकता दिनुपर्ने र महामारीविरुद्धको लडाइँमा मास्क प्रयोग तथा भौतिक दूरी कायम गर्ने कुरा महत्वपूर्ण हुने पनि डब्ल्यूएचओको भनाइ छ