१३ मंसिर, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा न १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरु ग्राहकको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि आज मिति २०७८ साल मंसिर १३ गतेको दिन यस बैंकका अध्यक्ष्य श्री सुदिप आचार्य ले समुद्घाटन गरेका हुन् ।
Social Media Banking, Internet Banking, Moblie Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा ब्त्ः मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।





