समाचार

२४ घण्टे कोरोना अपडेटः २ सय ५५ जना संक्रमित, २ सय ५६ संक्रमणमुक्त थप २ को मृत्यु

१४ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कुल २ सय ५५ जना नयाँ संक्रमित थपिएका छन् । आज ४३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ भने २१ सय ४० जनाको एन्टीजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ ।

आज पछिल्लो २४ घण्टामा २ सय ५६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको मृत्यु भएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ३१ छ । पछिल्लो २४ घण्टामा नेपालमा २ लाख ११ हजार ५ सय ५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।