अन्तर्राष्ट्रिय

बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोपको बुस्टर डोज दिने

१५ मङ्सिर सिन्ह्वा । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन् । उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा सो कुरा बाताएका हुन् । उनले भने– सरकारले आगामी जनवरीको अन्त्यसम्ममा बेलायतका सबैजना १८ वर्षमाथिका नागरिकलाई बुस्टर डोज खोप दिनेछ ।

यस प्रयोजनका लागि बेलायत सरकारले देशैभरि एक हजार ५०० खोप केन्द्रको व्यवस्था गरेको र आगामी जनवरीको अन्तिम सम्ममा देशैभरिका १८ वर्षमाथिका नागरिकलाई खोप दिने पनि बताए । उनले अब अहिलेकै अवस्थामा बेलायतमा अर्को लकडाउन नगरिने पनि बताएका छन् । उनले नयाँ भाइरस ओमिक्रोनका विरुद्धमा लड्नका लागि नागरिकहरुले नै सरकारलाई बल दिनुपर्छ, तर अब लकडाउनका अवस्था आउँदैन भने ।