समाचार

राजनीतिक दलहरू कम दल हुँदा देशलाई नै फाइदा हुन्छः प्रधानमन्त्री देउवा

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरू कम दल हुँदा देशलाई फाइदा हुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आजदेखी सुरु भएको महाधिवेशनको उद्घाटान सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा धेरै दलहरू हुनुभन्दा कम दल हुँदा देशलाई फाइदा हुने बताएका हुन् ।

साथै प्रधानमन्त्री देउवाले प्रत्येक पार्टीमा आ–आफ्नै मूल्य–मान्यता र सिध्दान्त हुने भएकाले एकै मान्यता भएका दलहरू एक हुन आवश्यक रहेको बताएका छन् । देउवाले अहिले मुलुकका राजनीतिक दलहरु महाधिवेशनमै व्यस्त रहेको समेत बताएका छन् । प्रधानमन्त्री देउवाले अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले नेतृत्व गरेको पार्टी एक भएर राप्रपा बनेकोमा धन्यवाद पनि दिएका छन् ।