१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका क्रियाशील सदस्य संख्या ८ लाख वढी रहेको छ । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार देशका ७७ जिल्लामा गरेर कांग्रेसका ८ लाख ४० हजार १ सय ६ जना रहेका छन् ।
कांग्रेसले १४ औं महाधिवेशन नजिर्क क्रियाशिल सदस्यकोे एकिन गरेको हो । यसअघि १३ औं महाधिवेशनमा क्रियाशील सदस्यको संख्या ४ लाख ८० हजार मात्रै रहेको थियो । कांग्रेसले त्यो संख्यालाई दोब्बर पु¥याउने लक्ष्यअनुरुप यसपटक सदस्यता वितरण गरेको थियो ।
कांग्रेसले वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला हुदै सिफारिस भएर आएका सदस्यहरूको पूर्ण विवरण छानबिन गरी कांग्रेसले क्रियाशील सदस्यको संख्या यकिन गरेको हो ।





