समाचार

राजेन्द्र लिङदेनको प्यानल तयारः महामन्त्रीमा रेखा थापा पनि

१६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पदका आकांक्षी राजेन्द्र लिंङदेनले पदाधिकारी चुनावका लागि आफ्नो प्यानल तयार पारेका छन् । पार्टीका चार उपाध्यक्ष र महामन्त्री पदमा उनको पक्षबाट लड्ने उम्मेदवारहरु तय भएका हुन् ।

यस्तै महिला उपाध्यक्षमा लीला श्रेष्ठ लिङदेन समुहकी उम्मेदवार बन्ने भएकी छन् भने अन्य तीन उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी र रामचन्द्र राय लड्ने टुंगो लागेको छ । यस्तै तीन महामन्त्री पदका लागि क्रमशः डा. धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने भएका छन् ।

राप्रपामा एक महिलासहित ३ महामन्त्री रहने व्यवस्था छ । उपाध्यक्ष र महामन्त्री बाहेकका पदाधिकारीको भने चुनाव हुँदैन । उनीहरुलाई अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ । राप्रपामा १९९ केन्द्रीय सदस्यमध्ये १४९ जनाको चुनाव हुने छ ।

त्यसमा भने लिङदेनले उम्मेदवारको सूची बनाउन बाँकी नै छ । उता अध्यक्षका अर्का आकांक्षी कमल थापाको प्यानल भने टुंगो लागेको छैन । उक्त प्यानलबाट महिला महामन्त्रीमा भने कुन्ती शाही उठ्ने निश्चि जस्तै छ । हिजोबाट सुरु भएको राप्रपा महाधिवेशन अन्र्तगत आजबाट बन्दसत्र जारी छ । राप्रपामा भोली निर्वाचन हुने कार्यक्रम छ ।