मनोरञ्जन

ए प्लस जीपीए ल्याएर अभिनेत्री करिश्मा मानन्धरले गरिन कक्षा १२ पास

१७ मंसिर, काठमाडौं । अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले कक्षा १२ उत्तिर्ण (पास) भएकी छन् । अभिनेत्री मानन्धरले २.४१ जीपीए ल्याएर उत्तिर्ण भएकी हुन् । उनले दुई विषयमा ए प्लस जीपीए ल्याएकी छन् ।

राष्ट्रिय परीक्षा बोर्डले गत भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा (आज) सार्वजनिक गरेको हो । अभिनेत्री मानन्धरले अब स्नातक पढ्ने योजना रहेको बताएकी छन् । उनले समाजशास्त्र वा ग्रामीण विकास मुल विषय लिएर पढ्ने योजना रहेको बताएकी छन् ।